भत्कियो माल्ढुङाको काठेखोला पुल आवतजावत ठप्प

नविन केसी/बाग्लुङ्,२ असार ।निरन्तर वर्षाका कारण बागलुङको मालढुङ्गा बाढीले पुल भत्काएको छ ।
कालिगण्डकी करिडोर अन्तरगतको मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुलमा बाढीले ठूलो क्षति पुर्याएको हो ।

मंगलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको भाग बगाएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए।
उनका अनुसार पुलमा यात्रा गर्न नमिल्ने गरि भत्किएको छ । पुल भत्किएपछि बागलुङको दक्षिण क्षेत्रको सिधा यात्रा टुटेको छ । बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्