मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मतः पक्ष र विपक्षमा कति आयो भोट

काठमाडौं,४ असार। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन ।
दिउँसो १२ बजेबाट शुरू भएको प्रदेशसभा बैठकमा पोख्रेलले विश्वासको मत पाएका हुन। ५८ जना सांसद उपस्थित भएको उक्त सभामा मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ भोट परेको छ भने विपक्षमा २७ भोट परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।


संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोख्रलले नियुक्त भएको एक सातामै विश्वासको मत लिएका हुन । विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ। प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन ।


विश्वासको मतको प्रस्ताव पेश गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा सदस्यहरु पाँच वर्षसम्म प्रदेशसभामै रहेर सेवा गरुन् भनेर जनताले पठाएको र जनताको त्यो भावनाको सम्मानका लागि पनि प्रदेशसभाले स्थायित्व पाउनुपर्ने बताएका थिए ।
प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वी सुब्बा गुरुङले आफूप्रति दर्शाएको सम्मान र व्यक्तिगत तथा पारिवारिक पृष्ठभूमिका बारेमा गरेको प्रशंसाप्रति धन्यवादसमेत व्यक्त गरे । यता एमाले संसदीय दलको नेता तथा निवर्तनमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन अवसरवादी भएको भन्दै मुख्यमन्त्री पोखरेल असल भएपनि विश्वासको मत दिन नसकिने बताएका थिए ।


उनले भने, ‘मुख्यमन्त्रीजी गण्डकी प्रदेशसभाकै पाको, लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको र शालीन व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगतरूपमा उहाँ असल भएपनि अवसरवादी गठबन्धन सरकारको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्छु’ । सोही अनुसार एमालेले पोखरेललाई मत भने दिएनन ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्