पूर्वमहामन्त्री सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश

 साउन १४  काठमाडौं । नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापाले भने, ‘२०१० सालताका मेरो बुबा सूर्यबहादुर थापा मोरङ कांग्रेसको कोषाध्यक्ष र त्यसपछि धनकुटाको जिल्ला सभापति हुनुहुन्थ्यो । ६६-६७ वर्षपछि कांग्रेससँग पुनः नाता जोड्न पाउनु मेरो सौभाग्य हो । लामो समय टुटेको साइनो राम्रोसँग जोडिन्छ भन्ने विश्वास लिएको छु ।’

चार-चार पटक प्रधानमन्त्री बनेका महापञ्च सूर्यबहादुर थापा (सूबथा)का छोरा सुनीललाई काग्रेससँगको बिर्सिइसकेको साइनो जोड्न केले उत्प्रेरित गर्‍यो त ? ‘कांग्रेसलाई धनकुटामा नेता चाहिएको थियो, सुनीलजीलाई बलियो पार्टीको ओत,’ विश्लेषक पुरञ्चन आचार्य भन्छन्, ‘पार्टी प्रवेश गर्ने र गराउने दुवैका लागि यो वीन-वीनको अवस्था हो ।’

 

कांग्रेसले अहिलेसम्म धनकुटा-१ बाट निर्वाचन जित्न सकेको छैन । कहिल्यै निर्वाचन जित्न नसकेको क्षेत्र नवप्रवेशी नेतालाई दिन केही अफ्ठ्यारो नभएको कांग्रेसका एक नेता बताउँछन् ।

त्यसो त २०७४ को निर्वाचनमा पनि कांग्रेसले थापालाई नै सघाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका राजेन्द्रकुमार राईसँग पराजित भएका उनले २६ हजार ८७४ मत पाएका थिए । यो राप्रपाको मात्रै भोट थिएन, कांग्रेस समर्थकले पनि उनलाई मत दिएका थिए ।

चुनावमा पराजित भएपछि भएको एउटा भेटमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘तपाईं जस्तो डेमोक्रयाट कांग्रेसमा आउनुपर्छ’ भन्दा सुनील थापा तरंगित भएका थिए । निर्णय लिन भने सकेका थिएनन् ।

 

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्