भैसिलाइ सुत्केरी भत्ता दिने पहिलो स्थानीय तह बागचौर नगरपालिका सल्यान

 


नबिन के.सी/सल्यान,८असार । जिल्लाको बागचौर नगरपालिका भैसिलाइ सुत्केरी भत्ता दिने नेपालकै पहिलो स्थानीय तह हो । बागचौर नगरपालिका को पशुपालन क्षेत्रको जगेर्ना गर्ने तथा भैसि पालनमा थप हौसला प्रदान गर्ने उदेश्यले भैसिलाइ सुत्केरी भत्ता प्रदान गर्दै आएको हो ।एक स्थानीयतह एक पशु शेवा बाली उत्पादन कार्यक्रमले पुर्णरुपमा सहयोग पुग्ने बागचौर नगरपालिका सल्यानको पुर्ण बिश्वास रहेकोछ ।भैंसी पकेटक्षेत्र निर्धारण गर्न उनत जातको भैसिपालन गरि उत्पादन हुने दूध बागचौर नगरपालिकाको डेरि सम्म पुर्याउने बागचौर नगरपालिकाको लक्ष्य रहेकोछ ।

बा.न पा .को पशुशेवा शाखा र पशु अस्पताल तथा पशुशेवा कार्यलय सल्यानको साझेदारीमा एक स्थानीयतह एक पशुशेवा बाली उत्पादन कार्यक्रम अन्तर्गत श्री बगेस्वरी भैसिपालन कार्यक्रम संचालन समिती बा न पा ०९ मा बा न पा को तर्फबाट रु २५ लाख , जिल्ला पशुअस्लताल तथा पशुसेवा कार्यलय सल्यानको तर्फबाट रु २० लाख साथै कार्यक्रम संचालन समिती बाट रु २९ लाख गरि जम्मा ७४ लाखमा बा न पा ०९ हरिपुर टोल, धामिढुङा टोलमा भैसिपालन कार्यक्रम संचालन गरियको छ । जस अन्तर्गत ४० वटा भैंसी , २ वटा प्रजनन राँगो , ५० वटा भकारो निर्माण , औसधि, क्याल्सियम, भिटामिन ५ लि को ५० थान , मिल्क क्यान ५ लि को ५० थान साथै मिनरल ब्लग र डाले घासको बेर्ना उपलब्ध गराइएको बागचौर नगरपालिका का नगर प्रमुख लोकमान बुढाथोकीले जानकारी दिएका छन ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्