स्याङ्जा,११ असार । शुक्रबार बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका-२ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिएका हुन ।
उनका अनुसार बिहान ५स्३० मा घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा मृत्यु भएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।