नबिन के.सी सल्यान,१६ असार ।जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ६ ले कर्णाली प्रदेश सरकार र गाउँपालिकाको पशुबिकास शाखाको साझेदारीमा प्रदेशको २० लाख र गा. पा को ६ लाख गरि २६ लाख बराबरको एक स्थानियतह एक पशु बस्तु उत्पादन क्षेत्र अन्तर्गत न्यूनआय भएका कृषक छनोट गरि ५४ जना कृषक लाई बाख्रा खोर निर्माण र ७५% बोयर बाख्रा बितरण गरिएको दार्मा गाउँपालिका ६ नम्बर वडाका वडा अध्यक्ष दुर्गा बहादुर मल्लले जानकारी दिएका छ्न । ६ नम्बर वडाका ५ वटा समुहलाइ १/१ गरि ५ वटा बोयर बोका बितरण गरिएको पनि मल्लले बताएका छ्न ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।