नबिन के.सी/सल्यान,२१ असार ।जिल्लाको दार्मा गाउँपालिका ६ गोठिबन घर भइ हाल एकबर्ष पहिलेदेखि दाङको तुल्सिपुरमा २.५ बिगाहा जग्गामा एकीकृत उर्जासिल बहुउद्देश्यीय कृषि फार्म संचालन गर्दै आएका रमेश मल्लले एक वर्षमा १४ लाख बराबरको तराकारीको कारोबार गरेका छन । ८ लाख लगानीमा सुरु गरिएको उक्त कृषी ब्यबसायबाट एक बर्षमै १४ लाख आम्दानी भएको मल्लले जानकारी दिएका हुन ।
उनी भन्छन कृषि पढेर जागीरनै खानुपर्छ भन्ने होइन बरु कृषिलाई व्यावसायिकरण गर्दैजानू पर्छ,बिदेशमा गएर त्यो मरुभूमिमा हरियो बनाउन सक्ने हामी नेपाली नेपालमा पनि गर्न सक्छौं र लाखौंको आम्दानी गर्न सक्छौं । मन्त्रीदेखि रोडमा नाङ्गै हिड्ने ब्यक्तिलाइ समेत खाना महत्त्वपूर्ण हुन्छ त्यो खाना कृषकले नै फलाउछ तेसैले कृषक सानो होइन बिश्व सारा जगतमा महानशाली हुन्छ भन्ने सन्देश सम्म दिएकाछ्न । कृषि ब्यबसाय संचालन गर्न लगानी आफै गरेको र कुनैपनि ठाउँबाट अनुदान नपाएको मल्लको भनाइ छ ।