सल्यान,२१ असार ।सल्यानमा जारी निषेधाज्ञा थप दश दिन लम्बिएको छ । जिल्ला कोभिड संंकट व्यवस्थापन समिति सल्यानको आईतबार खलंगामा सम्पन्न बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहने निर्णय गरेको (अध्यक्ष)एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिईन ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आईतबार राति १२ बजे सकिएको हो । आईतबार बसेको बैठकले हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै जिल्लामा जोर बिजोर प्रणालीबाट निजि सवारीसाधन जोर र विजोर रुपमा सञ्चालन गर्न पाउने प्रशासनले निर्णय गरेको छ ।
निर्णयहरु