काठमाडौंमा हट्यो जोर बिजोर प्रणाली अब सबै प्रकारका गाडी चल्ने

काठ्मान्डौ,२२ असार । जिल्ला प्रसासन कार्यलयले जोर बिजोर प्रणाली हटाउदै अब सबै प्रकारका गाडी संचालन गर्न पाइने गरेपछि आजदेखी सडकमा गाडिको चाप बढ्न थालेकोछ । गाडिमा सिट क्ष्मता भन्दा धेरै यात्रु राख्न नपाइने निर्णय लगाइएको छ । यस्तै यात्रुले अनिवार्य रुपमा माक्स प्रयोग गर्नुपर्ने नियम लगाइएको छ ।

नलगाएमा गाडिभित्र प्रवेश रोक लगाउन भनिएको छ ।चालक र सहचालक लाई अनिवार्य रुपमा भाइजर वा पन्जा लगाउनुपर्ने ब्यबस्था गरिएको छ , गाडिको ढोकामा सेनिटाइजरको ब्यबस्था गर्नुपर्ने भएको छ , गाडिलाइ समेत निसङ्क्रमित गराउनुपर्ने छ ।यस्तै सफा टेम्पो तथा निलो माइक्रोबसको पछाडि तेस्रो सिटमा ४र४ जना र चालकको छेउमा १ जना गरि जम्मा ९ जना यात्रु राख्न पाइने भएको छ । गाडीको बिचमा दुइतर्फ यात्रु छुट्याउनको लागि पलास्टिकको छेकबार लगाउन भनिएको छ ।

त्यस्तै अत्यावश्यक काम बिशेश काठमाडौं प्रवेश गर्न सार्बजनिक तथा निजि गाडी सम्बन्धित जिल्ला प्रसासन कार्यलयबाट स्वीकृत लिइएरमात्र प्रबेश गर्न पाउनेछन् सार्बजनिक तथा निजि निर्माणकालागि सामाग्री ढुवानी गर्न बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र संचालन गर्न भनिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्