सरकारले कार्यक्रमलाई निरन्तरता दिए प्रदेशकै नमुना गाउँ बन्नसक्छ

 

बागलुङ,२५ असार । जिल्लाको जैमिनी नगरपालिका ४ सर्कुवामा भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखरा र साना किसान कृषी सहकारी सँस्था लि को समन्वयमा संचालित मुख्य मन्त्री जलबायु मैत्री नमुना कृषि गाउँ स्थापना कार्यक्रम संचालन भएको तेस्रो बर्ष हो। उक्त ठाउँमा करिब ७६ घरधुरी रहेका छन सबै घरधुरिमा भकारो सुधार तथा मलखाद ब्यबस्थापन भएको , कुखुरा पालन खोर निर्माण तथा घेरबार गरि ४ जना कृषकले व्यावसायिक कुखुरा पालन गरेको, प्रत्येक घरमा जुठेल्नो सुधार , फोहरमैला ब्यबस्थापन गर्न सबै घर र सार्बजनिक ठाउमा डस्बिन बितरण , टोल टोलमा बोयर बोका बितरण लगाएत व्यावसायिक तरकारी खेती गर्न ४० वटा पक्की पलास्टिक घर निर्माण भएका छन ।

उत्पादन भएको तरकारीले सहजै रुपमा बजार पाउन नसकेको साना किसान कृषि सहकारी साँस्था लि को अध्यक्ष लिला देबि थापाले बताएकी छन । प्रदेश सरकारले कृषि प्राबिधिक गाउँमा पठाएको हुदा कृषकका हरेक समस्या सामाधा भएकोले अध्यक्ष थापाले प्रदेश सरकारलाई धन्यवाद समेत दिएकीहुन ।अझै पनि यो कार्यक्रमलाइ केही परिमार्जन गरि प्रदेश सरकारले निरन्तरता दिइएको खण्डमा प्रदेशकै नमुना कृषि गाउँ जैमिनी नगरपालिका ४ सर्कुवा बन्ने दाबी सम्म गरेकी छन ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्