गोबिन्द राजगुरु/सल्यान,४ साउन ।पछिल्लो समय सल्यानको यो ठाउँ सामाजिक संजालमा निकै भाईरल बन्दै गएको छ ।गुणस्तर को हिसाबले नेपालकै उत्कृष्ट रेशा बिहिन अदुवा उत्पादन हुने सल्यान माल्नेटा अहिले निकै आर्कषणको क्षेत्र बन्दै गएको हो। जिल्लाको सदरमुकाम खलङ्गा देखि करिब ७ किलोमिटर उत्तर पूर्वमा रहेको सल्यानको शारदा नगरपालिका वडा नं.१४,मा पर्ने ढाँरखानीमा अबस्थित लेकको पोखरा अहिले निकै चर्चामा रहेको छ। यहाँ घुमफीर गर्ने,टिकटक बनाउने, बनाउने,फोटो खिच्ने र वनभोज खानेको दैनिक जमघट हुनथालेको छ।
वर्षाको समयमा हरियाली वनेको यो ठाऊँ बाट ढाँरखानीको घनाघोर बस्ती,माल्नेटाको केही भाग,सल्यानको सदरमुकाम खलङ्गा,श्रीनगर लगाएत मन लोभ्याउने प्राकृतिक सौन्दर्याता हेर्न र अवलोकन पनि गर्न सकिन्छ । अन्य स्थल शिव गुफा, भगवतीको मन्दिर लगाएत अदुवा उत्पादन हुने क्षेत्र हेर्न यहाँ दैनिक २० देखी ३० संख्यामा आन्तरीक पर्यटकहरु आउने गर्दछन्।
(फोटो फिचर)