८५ प्रतिशत अनुदानमा बिपन्न वर्गलाई कुषि सामग्री वितरण

सल्यान,६ साउन ।सल्यानको दार्मा गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा विपन्न वर्गका कृषकलाई कृषि सामग्री वितरण गरेको छ । किसान सरकार हातेमालो कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश सरकारको भुमि व्यबस्था तथा कृषि सहकारी मन्त्रालयले कर्णालीका दश जिल्लाका एक एक पालिका छनोट गरेको थियो । मापदण्डका आधारमा अर्थिक वर्ष२०७६/ ०७७ र अर्थिक वर्ष २०७७/०७८ को लागी सल्यानको दर्मा गाउँपालिकालाई छनोट गरीएका हो ।पालिकाभित्र आर्थिक अवस्था कमजोर भएको त्यस्ता परिवारको आर्थीक अवस्थामा सुदृढ गर्नको लागी यस्तो कार्यक्रम निकै प्रभावकारी भएको हो ।

सम्बन्धित गाउँपालिकाले पालिकाका वडा मध्य सबैभन्दा कम्जोर आर्थिक अवस्था भएको र आम्दानिका स्रोत कम भएको या त नभएको वडालाई छानेकोमा अर्थिक वर्ष २०७६/०७७ मा वडा नम्बर ४ र अर्थिक वर्ष २०७७/०७८ मा वडा नम्बर २ लाई छनोट गरेको बताएको छ ।ं

कृषक वा कृषि समुहको १५ प्रतिशत र दार्मा गाउँपालिकाको ८५ प्रतिशत अनुदानमा सञ्चालित यो कार्यक्रमले अहिले सम्म कृषकलाई तालिम,कृषि सम्बन्धि प्राविधक ज्ञान र व्यबसायीक कृषि पेशामा लाग्नको लागी परामर्श दिने गरेको छ । कृषि सेवा तर्फको २५ र पशु सेवा तर्फको २५ लाखको कार्यक्रममा
अहिले सम्म गाउँपालिकाले कृषकलाई पशु,बिउविजन,पलाष्टिक टनेल,भौतिक संरचना निर्माण तथा कृषि सम्बन्धि तालिम दिईसकेको र बेलाबेलमा मोनिटरीङ् समेत गर्दै आएको छ ।

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्