विश्वभर १९ कराेड २२ लाखमा काेराेना पुष्टि

एजेन्सीः६ साउन ।विश्वभर कोरोना संक्रमणको दर घटिरहेका छ भने निको हुनेको संख्या बढिरहेको छ। विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर घट्दो दरमा देखाएको हो।

त्यस्तै, निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ। नेपालमा पनि केही दिन यतादेखि कोरोना संक्रमितको संख्यामा कमी देखिएको छ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ८ हजार ८० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ८ हजार ८० को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ९४ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। केही दिनदेखि विश्वभर कोरोना संक्रमण क्रमिक रूपमा घटिरहेको विश्व स्वास्थ्य संगठनको अपडेटले देखाइरहेको छ।त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्