धादिङ्,७ साउन ।पछिल्लो समय सिद्धलेक गाँउपालिकाका बिभिन्न स्थानमा जनप्रतिनिधी गाँउपालिकाका कर्मचारी तथा उपभोक्ता समितीले मिलेमतोमा आर्थिक घोटाला र भ्रष्टाचार गर्ने गरेको भन्दै सिद्धलेकका युवाहरु भ्रष्टाचार बिरुद्ध सक्रिय भएका हुन् ।
गाँउपालिकाको अधिकांश योजनाहरुमा भएको भ्रष्टाचारलाई नियन्त्रण गर्न भ्रष्टाचार बिरुद्धको अभियान स्वरुप युवाहरुले अभियान नै चलाउने तयारीका साथ आफुहरु लागेको युवा अभियन्ता तथा पत्रकार कुशल आले मगरले जानकारी दिए ।
अभियन्ता मगरका अनुसार अव क्रमशः गाँउपालिका र अन्य स्थानमा हुने बिकाश निर्माण तथा हरेक योजनाहरुको अभियानले अडिट गर्नेछ । अडिटका क्रममा हिसाव किताव पारदर्षी भए नभएको समेत अभियानले अध्ययन गर्नेछ । र पारदर्षी नभए सामाजिक बेईजत सहित उक्त योजना र उपभोक्ता समितीका बिरुद्ध अभियानका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालीने समेत अभियन्ता मगरले जानकारी दिए ।
अभियानले विक्ष्णु कुमार श्रेष्ठको अध्यक्षतामा तदर्थ समिती समेत गठन गरेको छ । अभियानको कार्यसमितीमा उपाध्यक्षमा राजु बि।क, सचिवमा सन्जीव सुन्दास, कोषाध्यक्षमा अनिश मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा सरोज मगर, सन्तोष श्रेष्ठ ,बिबेक मगर, सुदिप मगर , श्याम घले र राजन घले रहेका छन् ।
त्यस्तै अभियानको सल्लाहकारहरुमा भने रोहित घले, दिनेश मगर, टेक बहादुर श्रेष्ठ, निरोज घले र गणेश मगर रहेका छन्
धादिङ सिद्धलेकमा भ्रटाचार बिरुद्ध युवाहरु सक्रिय स् हरेक योजनामाथी निगरानी बढाउने