कुशल आले मगर/धादिङ २२ साउन।जिल्लाको पृथ्वीराजमार्ग अन्तर्गत पर्ने त्रिशुली नदीमाथि निर्माण सुरु गरिएको पक्की पुलको काम अलपत्र बनेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु र सिद्धलेक गाउँपालिका वडा नं ४ आरुबासटार जोड्ने पुल निमार्ण ठेकेदारको लाहप्रबाहिका कारण अलपत्र परेको छ । २०७४ मसिंर २५ गते सम्झौता गरि २०७७ जेष्ठ २४ गतेसम्म निमार्ण सम्पन्न गरिसक्नुपर्ने गरि शिल्यानास गरिएको काम लगभग १५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
पुल निमार्णको ठेक्का महाबिर निलगिरी नेशलन जेबिले १५ करोड १६ लाख ८० हजारमा सम्झौता लिई निमार्ण शुरु गरेका थिए । पुलको लम्बाई १ सय ४० मिटर र चौडाई साढे १० मिटर अर्थात डबल लेन रहेको छ । सम्झौता सकिएको एक बर्ष बितिसक्दा पनि सरकारले काममा लापरवाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने भनिएपनि यस्ता कम्पनीलाई स्थानीय सरकार र प्रदेश सरकारले कारवाही अघि नबढाएको सिद्धलेखका स्थानियले जानकारी दिए । पुल समयमै सम्पन्न नहुदाँ त्यहाँका स्थानिहरुलाई आबश्यक पर्ने सामाग्री ओसारपसार र उत्पादित तरकारीहरु स्थानिय बजार, राजधानीसम्म पुर्याउन कठिन भएको सिद्धलेखका स्थानियको भनाईरहेको छ ।