काँग्रेस निर्माण गर्ने प्रतिबद्धता सहित मिलन शाहीको वडा सभापतिमा दाबी

 

नबिन के.सी/दैलेख ९ भदौ।  जिल्लाको ठाटिकाध गा.पा वडा नम्बर ५ को सभापतिमा मिलन शाहिले उम्मेद्वारि घोषणा गरेका छन । शाहिले बृद्दको होस र युवाको जोसलाई एकिकृत गरी सवल सक्षम र संगठनप्रति बफादार कांग्रेस निर्माण गर्ने प्रतिबद्धता सहित नेपाली कांग्रेस वडा सभापतिको उम्मेद्वारी घोषणा गरेको बताएका छन। शाहीको पुर्ख्यौली नै नेपाली कांग्रेस भएको र त्यसैले शाही पनि जन्मजात नै नेपाली काङ्ग्रेस भएको पनि जानकारी दिएका छ्न । राजनितिक सुरुवात बिद्यार्थी उम्मेर देखि गरेका शाहिले राजनितिक पेसालाई निरन्तरता दिएका छ्न ।

उनि निस्वार्थी निडर र हक्कि स्वभावका शाही २०७३ सालमा नेपाली कांग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संगठनको इकाईकार्य समिति सचिव हुदै नेपाल बिद्यार्थी संघ दैलेख जिल्ला सदस्य र हाल बिपि कोइराला अध्ययन युवा समुह दैलेख जिल्ला अध्यक्ष हुन । बिशुद्द सामाजिक संस्था नेपाल स्वयमसेवक संघ युवा संगठन कर्णाली प्रदेश अध्यक्ष भइ कर्णालीका सबै जिल्लामा बिभिन्न समाजिक काम गर्दै आएका छ्न जस्तै; बृक्षारोपण, मठमन्दिर पाटीपौवा सरसफाई, कोभिडबाट बाच्न र बचाउनको लागि माक्स बितरण लगायतका कामहरु गर्दै आएका छन उनको ब्यतिगत र ने बि संघ ठाटिकाँधका साथिहरुको पहलमा नेपाली कांग्रेसमा आस्थावान साथिहरुको सहयोग बाट आफ्नै जन्मस्थल ठाटिकाँध गाउँपालिकामा बिरामी र सुत्केरी महिलालाई समयमा नै स्वास्थ्य संस्थामा पुर्याउन सहज बनाउन लागि २८ वटा स्टिचर र माक्स समेत बितरण गरि सामाजिक कार्यहरु समेत गरेका छन। आगामी दिन देखि निरन्तर नेपाली कांग्रेसको संगठन मजवुत र चलायमान बनाइ आगामि निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजय बनाई आफ्नो वडा नेपाली कांग्रेस मय वडा बनाउनका निमित्त आफ्नो उम्मेद्वारि वडा सभापतिमा रहेको बताएका छ्न ।

उनले बिगत १०-११ महिना पहिले देखि नै आफ्नो वडाका सम्पुर्ण क्रियाशील सदस्य, वडाका निर्वाचित जनप्रतिनिधि, गाउँपालिका, क्षेत्र, जिल्ला, र प्रदेशका नेता कार्यकर्ता समक्ष वडा सभापतिको उम्मेद्वारको बारेमा छलफल गरेको र उहाँहरुले साथ ,सहयोग र समर्थन दिइ आफु बिजय हुने पनि शाहिले बताएका छन ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्