दाङ १३ भदौ । दाङको तुलसीपुरमा चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहलाई गरेको दुव्र्यवहारको विरुद्धमा उनीहरु आन्दोलित भएका हुन् ।
अस्पतालबाट सुरु भएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलिले स्वाथ्यकर्मी माथि हुने दुव्र्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सृजना गर लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर तुलसीपुर बजार परिक्रमा गरेके छन । शुक्रबार निमित्त मेसुमाथि कालोमोसो दलेर दुव्र्यवहार गरेपछि चिकित्सक आजदेखि अस्पतालको आईसीयू सेवा, डायलासिश सेवा, प्रसुति सेवा र इमरजेन्सी सेवा बाहेयका सबै सेवा ठप्प पारेर आन्दोलित भएका हुन ।