सुर्खेत,१४ भदौ। कर्णाली प्रदेशमा कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाको दोस्रो लहर भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो ।
कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो सङ्ख्या पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ ।
प्रदेशमा अहिलेसम्म कूल ३० हजार ८६९ जनामा सङ्क्रमण देखिएकोमा ८० प्रतिशत सङ्क्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा.रवीन खड्काले बालबालिकामा पनि सङ्क्रमणदर बढ्दो रहेको बताए । ‘बालबालिकामा सङ्क्रमण दर बढ्दो क्रममा देखिन्छ’, खड्का भन्छन्, ‘बालबालिकाले कोभिडविरद्धको खोप पनि पाएका छैनन् त्यो भएर पनि उनीहरमा जोखिम बढी हने आँकलन गरिएको छ ।’ उनका अनुसार पाँच वर्षमुनिका बालबालिकामा भने जोखिम कम रहेको छ ।
निर्देशक खड्काका अनसार गतवर्ष पहिलो लहरमा कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोरोना सङ्क्रमित भएका थिए । त्यो सङ्ख्या बढेर अहिले १९ प्रतिशत अर्थात् पाँच हजार ५५६ पगेको छ ।
पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने बताइएको छ । बालबालिकामा बढी सङ्क्रमण हने देखिएकाले सोहीअनसारको पूर्व तयारी गर्नपर्ने निर्देशक खड्काको भनाइ छ ।