सल्यान,१५ भदौ ।राप्ती साहित्य परिषद सल्यानले नेपाली साहित्यको माध्यामिक कालमा शृङ्गारधाराका प्रवर्तक तथा प्रसिद्ध साहित्यसेवी मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा एक कार्यक्रम गर्ने भएको छ । सल्यान, दाङ्ग र रोल्पाका ३/३ जना गजलकार गरि जम्मा ९ जना गजकारहरुलाई वाचकको रुपमा उभ्याई मिति २०७८ भाद्र २२ गतेका दिन राप्ती गजल सङ्गम कार्यक्रम २०७८ गर्न लागेको हो ।
कला साहित्य र सङ्गितलाई निरन्तर प्राथमिकतामा राख्दै सिङ्गो सल्यानि साहित्य र नेपाली साहित्य श्रीबृद्दिको लागि राप्ती सहित्य परिषद सल्यानले यस्तो कार्यक्रम गर्न लागेको हो । बिल्कुल फरक शैली र साहित्यका सबै बिधालाई उत्तिकै महत्वका साथ समान रुपमा न्याय दिन सक्ने गरि कार्यक्रम गर्ने कुरा परिषद जानकारी गराएको छ।
पछिल्लो समयमा साहित्य क्षेत्र निकै प्रभावकारी र उपलब्धी मुलक बन्दै आएको यो अवस्थामा राप्ती साहित्य परिषद सल्यानले पनि विभिन्न कार्यक्रमका साथ जिम्मेवारी पूरा गर्दै आईरहेको छ । यसै क्रम्मा पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८ गरीसकेको छ भने अब गजल सङ्गम कार्यक्रम २०७८ समेत गर्न लागेको हो। अन्लाईन मार्फत चलाईएको पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८ कोरोना महामारीका कारण पछि धकेलिएको र उक्त प्रतियोगिताको स्टेज कार्यक्रम आउदो असोज महिनामा हुने परिषदले बताएको छ ।
ूराप्ती गजल सङ्गम कार्यक्रम २०७८ सल्यानको खलंगामा हुनेछ भने उक्त कार्यक्रममा सल्यान, दाङ्ग र रोल्पाबाट गजल वाचकको रुपमा तल उल्लेखित गजलकारहरु उपस्थित हुनुहुनेछ ।जस अन्तर्गत सल्यानबाट क्रमश राजेन्द्र जिएम , सृजना देवकोटा, वाई बि जिएम दादाङबाट प्रतीक सङ्ग्रामी , भुमी क्षेत्री , आशिष कल्पबृक्ष र रल्पाबाट दिलकुमारी बुढा, सन्तोष मगर र सपना डागि रहनेभएका छन ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।