भिरबाट खसेर मुगुमा ११ बर्षे बालकको मृत्यु

 

अङ्गराज परियार/मुगु,१८ भदौ ।मुगुमा एकजना बालकाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको शोरु गाउँपालिका वडा न ३ निबासी कालिभक्त भियालको छोरा ११ बर्षको बालक बिराज भियाल को निधन भएको हो ।बाख्रा चराउन गएका बिराज भिरबाट भिइ डाडा समैजु पुइना देखि ३०० मिटर तल खस्दा उनको शारीरिक अवस्था भने कुनै पनि नरहेको स्थानीय प्रहरी चौकी ले बताएको छ । मृतकका बुवा भारतमा मजदुरि गर्न गएका छन ।मृतक बालक बाहेक अरु छोरा नभएको भियालले शोकको कुरामा घरमा फर्किने अबस्था निकै गम्भीर भएको बताएका छन।यो घटेको घटना बारे शोरुकोट गाउपलिकाका प्रमुख अध्यक्ष लोकबहादुर शाहिले घटना बारे अनुसन्धान गरेको खबर प्राप्त भएको छ । पीडित घर परिवार लाई त्यहाका जनप्रतिनिधि ले मजदुरमा गयका कालिभक्त भियाललाइ घर ल्याउने ब्यबस्था गरेका छन । केही थप अनुसन्धान स्थानीय चौकी प्रहरीले भुमिका खेलेको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्