आईतबार देखि विद्यालयहरु खुल्ने

सुर्खेत,१८ भदौ । आइतबारदेखि सुर्खेतका सामुदायिक तथा निजी विद्यालय खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले कोरोना महामारीका कारण लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोनाको जोखिम नरहेका क्षेत्रमा भदौ २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्ममा विद्यालय खोल्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘नगरको शिक्षा विकास तथा समन्वय इकाईको निर्देशन अनुसार विद्यालयहरु खुल्नेछन् । २६ गतेभित्र जिल्लाका सबै विद्यालय खोल्ने निर्णय भएको छ,’ प्रजिअ रिजालले भने ।
विद्यालय खोल्दा तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्ने उनले बताए । विद्यालय सुरक्षा मापदण्ड पालन गरे–नगरेको अनुगमनका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाले विशेष समिति समेत बनाउनेछ । उक्त समितिमा पालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्