बढ्यो सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर

काठ्मान्डौ,२६ भदौ ।सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो।

शुक्रबार प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिँडी, सिगार, सुर्ती र गुट्खामा कर बढाएको जानकारी दिएका छन्।

प्रतिस्थापन आर्थिक विधेयकमा बिँडी प्रति खिल्ली २५ पैसा रहेकोमा अहिले ५ पैसा बढाएर ३० पैसा जोखम कर निर्धारण गरिएको छ। त्यस्तै सिगार प्रति खिल्ली ५० पैसाको ठाउँमा ६० पैसा पुर्‍याइएको छ।

यसैगरी, तयारी खाने सुर्ती, खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो ४० रहेकामा ६० रुपैयाँ पुर्‍याइएको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्