धादिङ,१ असोज ।राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार आज कमिटि गठन गरेको छ । तुल बहादुर थापा मगरको अध्यक्षतामा सिद्धलेक ६ मा एक कार्यक्रम गरी २९ सदस्यिय सिद्धलेक गाँउपालिका कमिटी घोषणा गरेको हो । कमिटीको महिला उपाध्यक्षमा ज्ञानमायाँ सिलवाल, उपाध्यक्षमा रामप्रसाद सिलवाल, बल बहादुर घले, सचिवमा बिकास थापा मगर, सहसचिवमा अनुराधा नेपाल र कोषाध्यक्षमा भवानी थपलिया रहनेगरी २९ सदस्यको गाँउपालिका कमिटी निर्माण गरेको हो ।
त्यस्तै गाँउपालिका कमिटीले गाँउपालिका स्तरिय पार्टी कार्यालय समेत आजै उध्घाटन गरेको छ । पार्टीले सिद्धलेक ६ स्थित् फिस्टारमा पार्टी कार्यालय उध्घाटन गरेको कार्याक्रमको प्रमुख आतिथ्यता राप्रपाका जिल्ला अध्यक्ष नवराज श्रेष्ठले गरेका थिए । ।