जनपत्रकार संगठन दाङका अध्यक्षको प्रगतिशिल विवाह सम्पन्न

दाङ,५ भदौ। जनपत्रकार संगठन  नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली र नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)का दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेकि छोरी कोपिला बन्जाडे बिच प्रगतिशिल विवाह सम्पन्न भएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रगतिशील विवाह मार्फत सांस्कृतिक रुपान्तरणमा यो विवाहले महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए। प्रगतिशील विवाह मार्फत सम्पन्न बिबाहले सांस्कृतिक,सामाजिक रुपान्तरण साथै समाजमा बिबाह गर्ने बुर्जुवा,अबैज्ञानिक र ठूलो धनराशी खर्चेर गर्ने शैलीका विरुद्ध लडाइ समेत जित्न सफल भएको वक्ताहरुको टिप्पणी थियो।
नेकपा(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी तथा दुलहीका बुवा नरेन्द्र बन्जाडेको अध्यक्षता रहेको कार्यक्रम्मा
दाङ जिल्ला सचिवालय सदस्य इश्वरी गैरेको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सञ्चालन पार्टीका सचिवालय सदस्य मधुसूदन बैधले गरेका थिए ।उपस्थित सबैले नव विवाहित दम्पतिलाइ शुभकामना दिएका थिए ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्