माल्नेटाको अदुवाले उचित मुल्य नपाउदा किसान मर्कामा

गोबिन्द राजगुरु/सल्यान,२० असोज।सल्यान जिल्ला अदुवा उत्पादनमा इलाम पछि दोस्रो भए पनि गुणस्तरको हिसाबले एक नम्बरमा पर्दछ।
सल्यानको माल्नेटा अदुवाकै कारण प्रख्यात मानिन्छ। तर कति पए समयमा यहाँको अदुवाको उचित बजारीकरण भने हुदैन। वर्षेनि अदुवाको बजार मूल्य घट्दै गएको छ कतै अदुवा खेति नै लोप हुने पो हो कि भन्ने चिन्ता बढेको छ।
अदुवा लाएको ८ देखि ९ महिनामा खन्न सकिन्छ ।अदुवा राम्रोसँग उम्री सके पछि पहिला लगाएको बीउ लाई ब्रुनो भनिन्छ। यहि ब्रुनो पछि कुहिएर जाने भएकोले किसानहरुले निकालेर बेच्ने गर्दछन्।

तर यो वर्ष ब्रुनो को बजार मुल्य ह्वात्तै घटेको छ। गएको वर्ष प्रति के जी रु ९० मा बिक्रि भएको थियो भने यो वर्ष प्रति कि जी रु ४० मा मात्रा बिक्रि भएको स्थानिय युवा यज्ञ पुनले खबर आजको लाई जानकारी दिए । अदुवाले बजार मुल्य नपाउदा माल्नेटा का किसानहरु चिन्तित बनेका छन्।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्