सल्यान,२१ असोज ।सल्यानमा जिल्ला स्तरिय फुटबल प्रतियोगीताको आज उद्घाटन गरिएको छ ।शारदा नगरपालिका १२ मा रहेको नमस्ते यूवा क्लबको आयोजना र शारदा नगरपालिकाको मुख्य प्रायोजन रहेको कार्यक्रमको आज उद्घाटन भएको हो ।स्वास्थ्यका लागी खेलकूद,राष्ट्रकालागी खेलकुद भन्ने अभिप्रायका साथ सञ्चालन हुनलागेको प्रतियोगीताको प्रमुख अतिथीमा शारदा नगरपालिकाकी उपप्रमुख साबित्रा बस्नेत रहेकी थिईन ।
बडा दशैंको उपलक्ष्यमा सञ्चालन भईरेको उक्त कार्यक्रममा बिशिष्ट अतिथी वडा अध्यक्ष एव शारदा नगरपालिकाका प्रवक्ता दिपक कुमार हमाल,नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज प्रमोद श्रेष्ठ,अन्य अतिथीमा शारदा नगर कार्यपालिका सदस्य गोमा पोख्रेल, एमालेका जिल्ला कमिटि सदस्य भोला प्रशाद बुढाथोकी,सल्यान उद्योग वाणिज्य संघ सल्यानका कोषाध्क्ष सुरेन्द्र बुढा लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम्मा पहिले घैटोफोर र फुट्बलका पहिलो चरणका चारओटा खेल आजनै सकिसकेको छ ।
फुटबलकोलागी जम्मा एक्काईसओटा टिम भएकोले खेल २७ गते सम्म सञ्चालनहुने आयोजकले खबर आजकोलाई जानकारी दिएको छ ।कार्यक्रम्मा बिजेतालाई नगद ५०,०००,ट्रफी,मेडल र प्रमाण पत्र,त्यस्तै उप बिजेतालाई नगद ३०,००० मेडल र प्रमाण पत्र र तृतीय हुने टिमलाई १५,००० मेडल र प्रमाण पत्र रहेको छ ।क्लबका उपाध्यक्ष बिनोद चलाउनेको स्वागत मन्तव्य रहेको कार्यक्रम्मको अध्यक्ष्यता क्लबका अध्यक्ष प्रदिप घर्ति मगरले गरेका थिए ।कार्यक्रम्मा बोल्ने वक्ताहरुले खेलकुदको माध्यमबाट स्वास्थ्यमा फाईदा पुग्नुका साथै जिल्ला र राष्ट्रिय स्तर सम्म चिनाउन सक्ने भएकोले यस्मा सबैको जिम्मेवारी समेत रहेको बताएका थिए ।प्रमुख अतिथीले रिवन काटेर उद्घाटन गरेको कार्यक्रमको सहजिकरण मनोजकुमार सुनुवारले गरेका थिए ।