रुपन्देहीमा सुकुम्वासी र प्रहरीबीचको झडपमा ,४ जनाको ज्यान गयो

रुपन्देही,२४ असोज ।रुपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न गएका सुकुम्वासीु र प्रहरीबीचको झडपमा कम्तीमा चार जना जनाको ज्यान गएको छ ।
दुवै पक्षबीचको झडपका कारण आइतबार दिनभर उक्त क्षेत्र तनावग्रस्त रहेको र दुबै पक्षका धेरैजना घाईते भएको बताईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद वाग्लेले झडपमा चार जनाको ज्यान गएको बताएका हुन ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा पर्ने प्रस्तावित औद्योगिक कोरिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाइएकोमा विगत केही दिन यता सुरक्षा व्यवस्था मजबुत बनाइएको उल्लेख गरेको छ।

तर अवस्था नियन्त्रण बाहिर जाने र शान्ति सुव्यवस्थाको समेत जोखिम देखिने भएपछि आइतबार चार बजेबाट अनिश्चितकालका लागि कर्फ्यु लगाइएको प्रशासनको भनाइ छ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्