नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६.८ प्रतिशत

सल्यान,२५ असोज । नेपालमा संक्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार ८३१ रहेको छ ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २४३ जनाको निधन भइसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८५ संक्रमित देखिएका छन् । १२ हजार १९५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पाइएको हो ।
थपिएकासँगै देशभर सक्रिय संक्रमित १४ हजार ७८७ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । संक्रमण दर १८.७ प्रतिशत रहेको छ ।

सोमवार एक लाख २७ हजार ५३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८३ लाख १७ हजार ९०२ पहिलो मात्रा र ६४ लाख ६२ हजार ७७६ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्