देशभर २४ घण्टामा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

सल्यान,१ कात्तिक ।देशभरमा पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ५६० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ भने ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् । जसमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८० जना आईसीयू र ९९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

 

 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्