साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल खेलाडिलाई ५-५ लाख

काठ्मन्डौ,१ कात्तिक। सरकारले साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनहि ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५-५ लाख र प्रशिक्षकहरुलाई ३(३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।

नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको छ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्