आज थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

सल्यान,३ कात्तिक । नेपालमा आज थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार २२ पीसीआर परीक्षणका क्रममा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टीजेन परीक्षणका क्रममा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल ११ हजार ५ सय ७९ सक्रिय संक्रमित आइसोलेसन र २२७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्