जातीय मुक्ती विना वर्गीय मुक्ती असम्भव : आचार्य

अंगराज परियार/भालुबांग,१५ कात्तिक।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ ले जातीय मुक्ती विना वर्गीय मुक्ती असम्भव भएको बताएका छन ।

अर्घाखाँचिको भालुबाङमा मगर राष्ट्रिय मुक्ती मोर्चा लुम्बिनी प्रदेशको छैंठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै  एशियाली समाजमा वर्गीय असमानताका साथै जातीय र क्षेत्रीय असमानता पनि भएकाले पार्टीले जातीय मोर्चाहरु निर्माण गर्नुपरेको बताएका हुन ।
आचार्यले जातीय मुक्ती तथा वर्गीय मुक्तीका लागि मोर्चाहरु सशक्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । ‘नेपालमा समानुपातिक, समावेशी र उत्पीडितहरुको एजेण्डा स्थापित गर्ने माओवादी नै हो,’ , ‘माओवादीले सञ्चालन गरेको १० वर्षे महान जनयुद्धले पछाडी पारिएका जाति तथा वर्गको प्रतिनिधित्व सुनिश्चित भएको हो ।’

अहिले पनि प्राप्त उपलब्धिहरु गुम्ने खतरा भएको उल्लेख गर्दै आचार्यले त्यसका लागि सबै वर्ग समुदाय सशक्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । अहिलेको लडाई परिवर्तन पक्षधर र प्रतिगामीहरुको भएको उल्लेख गर्दै उहाँले केही शक्तिहरु गणतन्त्र, संघीयता र धर्मनिपक्षताको विपक्षमा उभिएकाले उनीहरुलाई परास्त गर्नुपर्ने धारणा समेत  व्यक्त गरेका हुन ।
मोर्चाका प्रदेश अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा विशिष्ट अतिथि केन्द्रीय संयोजक गणेश सलामी मगर र प्रदेश इञ्चार्ज भीमकुमारी बुढा मगरको मन्तव्य रहेको थियो ।

बैठकले आगामी मंसिर २० र २१ गते सबै स्थानीय तहहरुको सम्मेलन गर्ने निर्णय गरेको छ । मोर्चाको राष्ट्रिय सम्मेलन पुस ९ र १० गते हुँदै छ ।  सञ्चालन सचिव जितु तारामी मगरले गरेकी थीईन ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्