सल्यान साहित्य महोत्सव २०७८ भव्यताकासाथ सम्पन्न;२ दर्जन बढि स्रष्टा सम्मानित

सल्यान,१७ कात्तिक ।सल्यानमा सञ्चालित सल्यान सहित्य महोत्सव २०७८ बुधबार सम्पन्न भएको छ ।पुरातात्विक संरचनाको खोजी र साहित्य सिर्जना,अग्रज स्रष्टाको सम्मान र अनुजको जगेर्ना भन्ने मुल नाराका साथ संचालनभएको कार्यक्रमको प्रमुख अतिथिमा बागचौर नगरपालिका मेयर लोकमान बुढाथोकि रहेका थिए ।
राप्ती साहितय परिषद जिल्ला शाखा सल्यानको आयोजना तथा बागचौर नगरपलिकाको आर्थिक सहयोगमा सहित्य महोत्सव सञ्चालन भएको थियो ।
(मंगलबार)१६ र (बुधबार)१७ गतेगरी दुईदिन सम्म महोत्सव सञ्चालन भएको थियो ।महोत्सवमा बागचौर नगरपालिका देखि जन कल्यान नमुना माध्यमिक बिध्यालयसम्म सल्यानी काला,संस्कृति झल्कने झाँकिहरु प्रदर्शन गरीएको थियो ।राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानका उपाअध्यक्ष इन्द्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको महोत्सवको पहिलो दिन स्थानिय पैँसेरु,लरे,मयुर नाँच लगायतका प्रस्तुति राखिएको थियो ।सहित्य क्षेत्रमा योगदान पुर्याएका जिल्ला तथा जिल्ला बाहिरका दुई दर्जन बढि अग्रज स्रष्टाहरुलाई सम्मान गरीएको थियो ।
महोत्सवमा गोर्खा,जाजरकोट,खोटाङ,धन्कुटा,काठ्मान्डौँ,दाङ,रुकुम लगायतका कवि,गजलकार तथा मुक्तककारहरुले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।महोत्सवलाई अझ प्रभावकारी बनाउनको लागी १६ गते साँझमा सिर्जना साँझ,१७ गतेकोदिन बिहान स्रष्टाहरुबिच अन्तरक्रिया र १७ गते बिहान ११ बजेदेखि कविता,गजल तथा मुक्तकहरु प्रस्तुत गरीएको थियो ।
सल्यानको साहित्य तथा कला क्षेत्रलाई जोगाउनको लागी बागचौर नगरपालिकाले गरेको योगदानप्रति आफुहरु अत्यन्त खुसी भएको राप्ती सहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोतम खनालको भनाई रहेको थियो ।त्यस्तै परिषदले गरेको यो अभियान साँचिकै सह्रानिय र सम्मान .जनक रहेको समेत बोल्ने स्रष्टाहरुको भनाईरहेको थियो । राप्ती सहित्य परिषद सल्यान शाखाका अध्यक्ष प्रविन भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सहजिकरण सचिब तारदेव शर्माको रहेको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्