नबिन के: सी /सल्यान,२२ कात्तिक । जिल्लाको दार्मा गाउँपालिका ४ को रातामाटा स्वास्थ्य चौकी बन्द हुँदा स्थानीयहरुले सास्ति बेहोर्नु परेको छ। करिब दुई महिनादेखि स्वास्थ्य चौकी बन्द भएपछि स्थानिहरु स्वास्थ्य सेवा लिनबाट बंचित भएका हुन ।
लामो समय देखि स्वस्थय चौकी कर्मचारी बिहिन हूँदा बन्द रहेको बताइएको छ।यसरी स्वास्थय चौकी बन्द हुँदा विशेषगरी गर्भवती, सुत्केरिहरुले धेरै समस्या भोग्नु परेको स्थानीयहरुको गुनासो रहेको छ। धेरै पटक गाउँपालिकामा कुरा गर्दा समेत गाँउपालिकाले कुनै चासो नदेखाएको पनि उनिहरुको दुखेसो रहेको छ ।