भालुबाङ,२८ कात्तिक ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो औपचारिक बैठक राजधानी भालुवाङमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा तपसिलका निर्णय गर्दै कार्यक्रम सम्पन्न गरीएको हो ।
बैठकका निर्णयका सारांश :
१. प्रदेशभित्रका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने,
२ पत्रकार कल्याणकारी कोष स्थापना गर्ने,
३. शीतगङ्गा नगरपालिकाबाट प्राप्त करीव ३ रोपनी जग्गामा सुविधासम्पन्न र भव्य प्रदेश कार्यालय भवन निर्माण गर्ने,
४. अन्तर्राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा आयोजना गर्ने,
५. निम्नानुसारका ५ विभागहरु गठन,
( अनुसासन विभाग संयोजक शुक्रऋषि चौलागाईं
( महिला विभाग संयोजक,चुमा आचार्य
( संगठन विभाग संयोजक, विक्रम खड्का
( समावेशी विभाग संयोजक, शिव सुनार
( प्रकाशन विभाग संयोजक, केशरमान बुढाथोकी
६. रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने,
७. प्रदेशसभामा पेश भएको सन्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरि पुनर्लेखन गर्न प्रदेश सरकारसँग माग ।