१४ औँ महाधिवेशन अन्तर्गत आज जिल्ला अधिवेशनको निर्वाचन सम्पन्न

सल्यान,६ मंसिर ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज जिल्ला अधिवेशनको निर्वाचन सम्पन्न भएको छ ।शेरबहादुर देउवापक्षबाट केशबहादुर बिष्ट र रामचन्द्र पौडेल पक्षबाट धुव्र पुरीको प्यानल रहेको हो । आज भएको निर्वाचनमा दुबै पक्षबिच  प्रतिस्प्रधा रहेको थियो । यसअघिका वडा निर्वाचन,नगर तथा प्रदेश शभाका निर्वाचनामा भने धुब्र पुरीको पयानलनै अगाडी रहेको छ ।
पुर्व जि.वि.स सभापति समेत रहेका धुब्र पुरी र जिल्ला समन्व समितिका प्रमुख केशबहादुर बिष्ट बिचको निर्वाचन बढि रोचक हुने देखिन्छ ।

यस्तै बिष्टको टिमबाट उपसभापतिमा सन्तोष केसी र गोपाल बुढाथोकी, सचिवमा दिल्ली प्रसाद जैसी र एकराज बुढाथोकी, सहसविचमा खिम बहादुर रावत र बुद्धि प्रकाश हमालको उम्मेदवारी रहेको छ,भने पुरीको टिमबाट उपसभापतिमा चक्र देवकोटा र डिल्ली बहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदम बहादुर बुढाथोकीले उम्मेदवारी दिएका हुन् ।

बिहान ८ बजे दखि निर्वाचन समय तोकिए पनि झन्डै १० बजेबाट सुरु भएको निर्वाचनमा जिल्लाभरबाट कुल १ हजार २ सय ८० मतदाता रहेका थिए ।

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्