सल्यान,६ मंसिर ।शिक्षकका लागी एकदिने आधारभुत आँखा स्वस्थ्य तालिम सल्यानको शितलपाटिमा सम्पन्न भएको छ ।राप्ती आँखा अस्पतालको तुल्सीपुरको आयोजना तथा सल्यान आँखा अस्पतालको व्याबस्थापनमा आँखा अस्पताल सल्यानमा तालिम विहान ११ बजेदेखि सुरु भएको थियो।
जाडोको समयमा आँखा सुख्खा हुने र आँआ सम्बन्धि रोगहरु लागन्नेभएकोले उस्तो खबर बिद्यार्थिमार्फ सजिलोसँग पुग्ने भएकोले शिक्षकलाई तालिम प्रदान गरीएको हो ।
आँखा स्वास्थ्यसम्बन्धी तालिम्मा बिभिन्न रोग,रोगका लक्षण तथा रोबाट बच्ने उपायको जानकारी दिईएको थियो ।
शारदा नगरपलिकाका २८ विद्यालयका शिक्षकको सहभागीता रहेकोे तालिमको अनौपचारीक सहजिकरण सालीकाराम गौतमले गरेका थिए ,कार्यक्रमको अन्तमा सहभागी मध्यबाट नेतृत्व गर्दै मित्र प्याराडाईज इङ्लीस स्कुलका प्र.अ. कमल थापाले पृस्ठपोषन दिएका थिए ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।