सल्यानमा ‘सल्यान साङ्गीतिक मीलन कार्यक्रम- २०७८’ हुने

सल्यान,११ मंसिर ।पुरातात्विक संरचनाको खोजी र सिर्जना,अग्रज स्रष्टाहरुको सम्मान र अनुजको जगेर्ना भन्ने उदे्श्यका साथ सल्यानमा सल्यान सांगीतिक मिलन कार्यक्रम हुने भएको छ ।राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको आयोजनामा सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रम यहि मंसिर १८ गते होटल सुलभको सभाहलमा हुने भएको आयोजकले खबर आजकोलाई जनकारी दिएको छ ।उक्त सांगीतिक कार्यक्रम्मा विशेष गरी गीत संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाएका पप गाएक चेतन राई,लक्ष्मणकुमार राई,कैलाश लामिछाने,हिटलर महर्जन,रमेश सिं लगाएतका नौ जना कलाकारले आफ्नो प्रस्तुति राख्ने भएका छन । उक्त अबसरमा आधुनिक पप नेपाली सङ्गीत को क्षेत्रमा योगदान पुर्याई नेशनल म्युजिक अवार्ड २०२१ प्राप्त गरीसकेका चेतनलाई सम्मान समेत गरीने भएको छ । यसअघि परीषदले सल्यान कविता सङ्ग्राम ,राप्ती गजल सङगम,सल्यान साहित्य महोत्सव २०७८भब्य रुपमा सम्पन्न गरिसकेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्