दुईदिने निशुल्क आँखा शिविरमा ८१६ जनाको आँखा उपचार

ल्यान,१२ मंसिर ।सल्यानमा सञ्चालित दुईदिने निशुल्क आँखा शिविर शनिबार सकिएको छ ।नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षाचौर दाङको ओजना र आँखा उपचार केन्द्रको व्यबस्थापनमा शिविर मंसिर १० र ११ गते आँखा उपचार केन्द्र शितलपाटिमा सञ्चालन गरीएको थियो ।डाक फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालित शिविरमा आँखा चिलाउने,आँखा बिझाउने,आँखा पोल्ने,मोतिबिन्दु लगायतका बिरामिहरुलाई उपचार गरीएको थियो ।दुईदिन गरी जम्मा ३ सय ६८ पुरुष र ४ सय ४८ जना महिला गरी जम्मा ८ सय १६ जनाले शिविरबाट लाभ लिएका थिए ।जस्मध्य ३८ पुरुष र ४० जाना महिलाहरुको अपरेशन गरीएको थियो ।उपचारमा डा.ज्याति सापकोटाले आँखा जाँच तथा अपरेशन गरेका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्