नबिन के.सि/सल्यान,१२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) दार्मा गाउँपालिकाको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ।
२३ पृष्ठ लामो राजनीतिक र संगठनात्मक प्रतिवेदन आवश्यक परिमार्जनसहित पारित गर्दै कमरेड चन्द्रबहादुर रावतको अध्यक्षतामा ५५ सदस्यीय गाउँ समिति सर्वसम्मत निर्वाचित भएको छ।
जसको उपाध्यक्षहरुमा असबिर बुढाथोकी, टंकबहादुर वली,टीका शर्मा वली,सचिवमा दुर्गाबहादुर मल्ल,सहसचिवमा डिल्ली बहादुर केसी र कोषाध्यक्षमा धनिराम नेपालीलाई चयन गरीएको छ ।
त्यस्तै कविराम खड्का संयोजक र लोकबहादुर वली सचिव रहेको २७ सदस्यीय पालिका सल्लाहकार समिति पनि गठन गरेको छ।
यसै क्रम्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सि.ले निर्वाचित पालिका समिति र सल्लाहकार समितिका पदाधिकारीहरुलाई समाजवादी क्रान्तिको आधार तयार गर्दै सुदृढ र एकताबद्ध पार्टी निर्माण गर्न सबैखाले प्रतिक्रियावाद र अवसरवादका विरुद्ध लड्नको बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।सम्मेलनको भर्चुअल उदघाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।