कृषि क्षेत्र विकास गर्न सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौँ,१५ मंसिर । ( कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले कृषि क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कृषि पत्रकार महासंघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री यादवले मुलुकको समृद्धिका लागि योगदान पुर्‍याउने गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सरकार लागि परेकोसमेत दाबी गरे । मुलुकलाई कृषि क्षेत्रको उत्पादनमा बढावा दिँदै मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान पुर्‍याउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरे । कृषि उत्पादन बढाउनका लागि सरकारले प्रांगारिक मलको उत्पादन बढाउन चाहेको मन्त्री यादवले स्पष्ट पारे ।

‘कृषि क्षेत्र विकासका लागि हामी चिन्तित छौं । देशको समृद्धिका लागि, उत्पादन वृद्धिका लागि सरकारको जुन संकल्प छ त्यसलाई पूरा गर्न हाम्रो मन्त्रालय अघि बढ्छ । यसका लागि सबैको सहयोग आवश्यक छ,’ उनले भने ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्