नयाँदिल्ली,१६ मंसिर । छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले २ जना ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
ओमिक्रोन संक्रमितहरू भारतको कर्नाटकमा राज्यमा फेला परेका हुन्। ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहसचिव अग्रवालले बताए।
योसँगै कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ।