सल्यान,१६ मंसिर। सरकारले पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ४ सय ३ वटा परीक्षण गर्दा ३ सय १५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख २१ हजार ९ सय ४९ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९५ हजार ५ सय ४६ पुगेको छ।
साथै पछिल्लो २४ घण्टामा २ सय १ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख ३ हजार ३ सय ६९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ७ हजार ४५ जना रहेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ३५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।