पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सल्यान,१७ मंसिर ।देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा ७ हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको थियो।
यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षणपछि भएका संक्रमितको संख्या ८ लाख २२ हजार १७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या ९५ हजार ५६९ पुगेको छ।
पछिल्लो समय थप ३४७ जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको संख्या ८ लाख तीन हजार ७१६ पुगेको छ। निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हालसम्ममा मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ। हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ। त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्