कक्षा १२ को परीक्षाफल सार्वजनिक अहिलेसम्मकै ऐतिहासिक भएको;प्रवक्ता शर्माको भनाई

काठ्मान्डौ,१७ मंसिर ।राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माले बताएअनुसार यसपालि ७ हजार ६३ जना परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन्।

कुल परीक्षार्थीमध्ये ४८ हजार २३९ जनाले ३.२१ देखि ३.६ जीपीए, ७० हजार एक जनाले २.८१ देखि ३.२० जीपीए, ९९ हजार ५३७ जनाले २.४१ देखि २.८० जीपीए ल्याएको बोर्डले जनाएको छ।

ऐतिहासिक
७५ हजार ८८ जनाले २.०१ देखि २.४० जीपीए, २४ हजार ५१५ जनाले १.६१ देखि २.०० जीपी, ३८७५ जनाले १.२१ देखि १.६० जीपीए, २९६ जनाले ०.८१ देखि १.२० जीपीए र १० हजार ७३ जनाले ० देखि ०.८० ल्याएको प्रवक्ता शर्माले बताए।

त्यसबाहेक अघिल्लो वर्ष सी र डी प्लस ग्रेड ल्याएका २८ हजार ६६ जना परीक्षार्थीलाई ग्रेड वृद्धिका लागि पुनः परीक्षा दिने अवसर दिइएको थियो।

बोर्डका अनुसार गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा कुल तीन लाख ७४ हजार १५ जना परीक्षार्थी सामेल भएका थिए।

तीमध्ये मर्यादाविपरीत काम गर्ने परीक्षार्थीमाथि चालु खण्डको सम्पूर्ण र चार जनामाथि चालु खण्ड तथा थप एक वर्षका लागि कारबाही गरिएको प्रवक्ता शर्माले बताए।

छिटो नतिजा प्रकाशनको हिसाबले यो अहिलेसम्मकै ऐतिहासिक हो, ६० कामका दिनभन्दा कम समयमा यसपालि परीक्षाफल आएको छ उनले भने।

प्रवक्ता शर्माका अनुसार चार वर्षअघि परीक्षाफल ६ देखि ७ महिनामा आउने गरेको थियो भने अघिल्लो वर्षसम्म पनि नतिजा आउन ७० देखि ९० दिन लाग्थ्यो।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटwww.neb.gov.np  मा र नेपाल टेलिकमको वेबसाइटमा पनि हेर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी एसएमएस र टेलिफोनमार्फत् पनि नतिजा थाहा पाउन सकिने प्रवक्ता शर्माले बताए।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्