भव्यताकासाथ सल्यान साँगीतिक मिलन-२०७८सम्पन्न,दर्जनबढि कलाकारको प्रस्तुति

सल्यान,१८ मंसिर ।सल्यानमा आज (सल्यान साँगीतिक कार्यक्रम -२०७८ )सम्पन्न भएको छ ।राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको आयोजनामा सञ्चालन भएको कार्यक्रम्मा दर्जनबढि कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।पुरातात्विक संरचनाको खोजी र साहित्यक सिर्जना,अग्रज स्रष्टाको सम्मान र अनुजको जगेर्ना भन्ने मुल अभिप्रायका साथ बिगतदेखि साह्त्यि परिषद जिल्ला शाखा सल्यानले सहित्यक तथा साँगीतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।यसै अवशरमा सल्यान जिल्लामा जन्मिएर गीत संगीतको क्षेत्रबाट जिल्लाको शिरबृद्धिको लागी योगदान पुर्याएका एव बिभिन्न अबसरमा राष्ट्रिय स्तरका अवार्ड प्राप्त गर्न सफल पप तथा आधुनिक गायक चेतन राईलाई सम्मान गरीएको थियो ।
शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठको प्रमुख आतित्यथा रहेको कार्यक्रम्मा राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानका उपाध्यक्ष ईन्द्र भण्डारीले स्वागत मन्तव्य रहेको थियो ।कार्यक्रम खलङगा स्थीत होटल सुलभको सभाहलमा सञ्चालन भएको थियो ।कार्यक्रम्मा चेतन राई,लक्षमण कुमार राई,हिटलर महर्जन,रमेश सिंह,रविन बिष्ट,प्रकाश घर्ति लगायतका कलाकारहरुले प्रस्तुति राखेका हुन ।कार्यक्रम्मा वर्षा गिरी,खस्बु केसि,प्रेमिका शर्मा लगाएतले नृत्य प्र्स्तुत गरेका थिए ।साँगितिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रअध्यक्षले पानसमा बत्तीबालेर गरेका थिए।परिषदका सल्लाहकार समेत रहेका मौसदास श्रेष्ठले शुभकामना मन्तव्य राखेको कार्यक्रमलाई रेडियो शारदा एफ.एम.ले प्रत्यक्ष प्रशारण गरीएको थियो ।राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानका अध्यक्ष प्रविन कुमार भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण भने परिषद जिल्ला शाखा सल्यानका स-सचिव मनोज बाबु मनोहरले गरेका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्