२४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

ल्यान,१९ मंसिर ।देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४६ लाख ६२ हजार ६८० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या सात लाख ४२ हजार २०४ पुगेको छ । पछिल्लो समय थप ४३६ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५७ हजार ९३० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५०७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा छ हजार १६३, संस्थागत आइसोलेसनमा ३४४, सघन उपचारकक्षमा १०७ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्