काठ्मान्डौ,२२ मंसिर । नेपालमा २४ घण्टामा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार १६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना संक्रमणबाट ३६६ जना संक्रमणमुक्त भएका छन् ।
यसैगरी उक्त अवधिमा काठमाडौं उपत्यकामा १४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १०० जना, ललितपुर जिल्लामा ३१ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण भएको छ ।