अंगराज परियार/दाङ,२३ मंसिर । घोराहीमा रहेको कल्पु धर्मशालाको नयाँ संचालक समिति गठन गरी धर्मशाला संचालन गर्न जग्गादाताहरुले माग गरेका छन् । बुधबार घोराहीमा जंग्गादाताहरुले पत्रकार सम्मेलनको आयोजना गरी बन्द रहेको धर्मशाला तत्काल संचालन गर्न स्थानिय निकाय संग माग गरेका हुन ।तीन दिनभित्र नयाँ संचालक समिति गठन गरी संचालन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन ।
जंग्गादाताहरु (गुरुवा थारु )का नाति फूलमान चौधरी र (रामधिरज वनिया) का छोरा बसन्त गुप्ताले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन । अन्यथा कुनै सामप्रदायिक दंङ्गा भएमा त्यसको जिम्मा घोराही उपमहानगरपालिका र कसौधन विरादरी समाजले लिनु पर्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ ।
गत असोज ६ गते घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकले कल्पुधर्मशाला कसौधन विरादरी समाजलाई मात्र संचालन गर्ने अनुमति दिएपछि त्यसको सर्वत्रबिरोध हुदै आएको छ । बिरोध स्वरुप घोराहीमा रहेका मधेसी,मुस्लिम, दलित, आमा समुह लगाएतका विभिन्न संघ संस्थाहरुले तालाबन्दी गर्दै आएका छन (
कल्पुधर्मशाला कुनै जातधर्म,विशेषको नभई समग्र घोराही उपमहानगरपालिको सार्वजनिक सम्पति भएको बताउदै त्यसको नेत्रित्व पनि साझा बनाउँनु पर्ने माग राखेका छन् । स्थानिय स्वयतशासन ऐन २०७४ अनुसार घोराही उपमहानगरपालिका वडा नं। १४ ले नयाँ कार्यसमिति तीन दिन भित्र चयन गरी छिटो भन्दा छिटो संचालन गर्न माग गरेका छन् ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।