सल्यान,२४ मंसिर ।श्री शिव माध्यमिक बिद्यालयमा आज पुस्तकालयको स्वामित्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।रुम टु रिड र डि.डि.एस.सल्यानको सहयोग तथा शारदा नगरपालिकाको समन्वय एव श्री शिव माध्यमिक विद्यालयको आयोजनामा कार्यक्रमको सञ्चालन गरीएको थियो ।
विद्यालय व्बस्थापन समितिका अध्यक्ष युवराज खड्काको अध्यक्षता तथा रुम टु रिड सल्यानका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम्मा विद्यालयका प्र.अ. डिल्ली वहादुर हमालको स्वागत मन्तव्य रहेको थियो ।कार्यक्रम्मा प्रमुख अतिथिले ब्यानर खोलेर उद्घाटन गरेका थिए भने अतिथिहरुलाई स्वागत गीतबाट स्वागत गरिएको थियो ।
बिगत ४ वर्षदेखि विद्यार्थीहरुमा पठन सिपको विकास गर्ने र विद्यार्थीहरुलाई सिर्जशिल बनाउने कार्यमा यस संस्थाले काम गर्दै आईरहेको थियो ।उक्त अवसरमा विद्यालयमा पुस्तकालय सम्बन्धि तयार पारीयको प्रतिवेदन सहायक प्र.अ. मानवहादुर बुढाथोकिले प्रस्तुत गरेका थिए ।विद्यालयमा पुस्तकालय लागु भए यता धरै पटक पुस्तक पढेका सात जना र कक्षा १ र २ बाट १र१ जना स्याम्पल रिडिङ गरेका गरी जम्मा ९ जना विद्यार्थीलाई पुरस्कृत गरीएको थियो ।कार्यक्रम्मा अहिले सम्म पुस्तकालय लागु गर्न र व्याबस्थापनमा सहयोग गरेको भन्दै ७ जना शिक्षकलाई संस्थाको तर्फबाट सम्मान गरीएको थियो ।
त्यस्तै अहिले सम्म विद्यालयमा पुर्याएको योगदानको मुल्याङ्कण गर्दै रुम टु रिड सल्यान,डि.डि.एस.सल्यान तथा साक्षरता सहजकर्ता पुजा विश्वकर्मालाई कदर पत्र प्रदान गरीएको थियो । बेलाबेलमा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुती समेत कार्यक्रम्मा प्रस्तुत गरीएको थियोो ।विद्यार्थी शिक्षक तथा अभिभावकको उपस्थिीती रहेको कार्यक्रम्मको सञ्चालन भने शिक्षक सुलेमान सुनारले गरेका थिए ।